एमालेको विरोधका बीच दुई अध्यादेश बहुमतले स्वीकृत


प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को विरोधका बाबजुद संसद्को आजको बैठक सम्पन्न भएको छ ।

एमालेले आफूले कारबाही गरेका सांसदहरू बैठकमा उपस्थित भएसम्म बैठक सञ्चालन गर्न नदिने नीति लिएको छ । सोहीअनुरूप आजको बैठकमा पनि विरोध गरियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले काम-कारबाही अघि बढाएका थिए ।
आजको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ बहुमतले स्वीकृत गरेको छ । संसद बैठक पुष ७ (बुधबार)गते सम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *