युनियन हाइड्रोपावर लिमिटेडको साधारणसभा आह्वान


युनियन हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आ।व।२०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखा परीक्षणको प्रतिवेदन सहित आ।व।२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु माथी छलफल तथा स्वीकृत गर्ने , आ.व.२०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्ध संचालकको नियुक्ती र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *