नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको लागि पारित गरेको ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । बैंकले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गरेको थियो । यस वर्ष बैंकले कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजी रू। १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुनेछ भने कर कटाएर बाँकी नगद लाभांश भने बैंकले सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न सुरु गरेको हो ।बैंकले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराईसकेका शेयरधनीहरुको हकमा सम्बन्धीत बैंक खातामै नगद लाभांश जम्मा गरिरहेको र सो अवधिपश्चात बैंक खाता अद्यावधिक गराउनेहरुको हकमा समेत क्रमश जम्मा गरिदै जाने बताएको छ । यसर्थ हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथासिघ्र बैंक खाता अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।