नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन
आज पुस ४ गते आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ। साधारणसभा प्रयोजनको लागि आज पुस ४ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्तको मूल्य समायोजन भएको हो । पुस १ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३३३.३३ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५६० रूपैयाँ रहेको थियो ।
प्रभु बैंकको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २९४.७३ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३०.१० रूपैयाँ रहेको थियो ।
सनराइज बैंकको ६.६५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २५४.१० कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २७१ रूपैयाँ रहेको थियो ।