‘ओह माय गड २ को अक्षय कुमारको लुक्स भाइरल


अभिनेता अक्षय कुमार र परेश रावलको हिट फिल्म ‘ओह माय गड’को सिक्वेल ‘ओह माय गड २’ लामो समयदेखि चर्चामा छन् । यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मको सुटिङ कोरोना कारण बीचमै रोकिएको थियो र अक्षयको आमाको निधनका कारण पनि प्रोजेक्ट अड्किएको थियो ।

अहिले अक्षयले यो फिल्मको काम पुनः सुरु गरेका छन् । सुटिङसँगै उनको फिल्मी लुक्स पनि बाहिर आएको छ । यो लुक्समा अक्षयले आफ्नो कपाललाई जटाको जस्तै बाधेका छन् । उनी निलो पाइजामा र लामो टिसर्टमा देखिएका छन् । उनले गलामा रुद्राक्षको माला लगाएका छन् ।अक्षयको लुक्सवाला भिडियो उनको फ्यान क्लबले शेयर गरेका छन् ।
भिडियोको पृष्ठभूमिमा शिव ताण्डवको संगीत सुनिन्छ । उनको भिडियोलाई फ्यानहरुले अधिक शेयर गरिरहेका छन् ।अमित रायले निर्देशन गरिरहेको फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *