कालिका लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर लिलामीमा
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ हजार कित्ता संस्थापक शेयर सोमवारदेखि लिलामीमा आएको छ । कम्पनीले तीन संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि सोमवार ३५ दिने सुचना जारी गरेको हो ।
तोकिएको अविधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले मात्र उक्त शेयर खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरुबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
शेयर खरिदको लागि लिखित निवेदन कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा गराउनुपर्नेछ ।