नेप्से २६३० विन्दुमा


सेयर बजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट आएको छ । आइतबार ८०.२९ अंकले झरेको नेप्से सोमबार पनि दोहोरो अंकले झर्‍यो । आज नेप्से २१.४८ अंकले झरेर २६३०.०१ विन्दुमा आइपुग्यो ।

आज जलविद्युत र म्यूचुल फण्ड न्यून विन्दुले हरियो रहे भने बाँकी समूहमा गिरावट आयो । सोमबार पनि जीवन बीमा समूहमा सबैभन्दा उच्च ११७ को गिरावट आयो । यस्तै विकास बैंक र निर्जिवन बीमा समूहमा ६७र६७ अंकको गिरावट आयो ।यसदिन कारोबारमा पनि गिरावट आयो । २२८ कम्पनीको ८२ लाख २८ हजार कित्ता सेयर ४ अर्ब रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *