नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुँने
‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को नवौँ संस्करणको आयोजना हुने भएको छ । मानवअधिकार फिल्म केन्द्रको आयोजनामा ‘नवौँ नेपाल मानवअधिकार अन्तर्रािष्ट्रय भर्चुअल चलचित्र महोत्सव २०२१’ हुन लागेको हो ।
कोभिड-१९ कारण भर्चुअल माध्यमबाट यही मंसिर ६ देखि ९ गतेसम्म महोत्सव गरिँदै छ । महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्रका साथै सबै विधाका चलचित्रहरू देखाइने जनाइएको छ ।फिल्म प्रदर्शनसँगै मानवअधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तरक्रियालगायत कार्यक्रमहरू तय गरिएको छ ।
महोत्सवमा नेपाली विधाका फिल्महरूबीच प्रतिस्पर्धा समेत हुनेछ ।