विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा राजधानी काठमाडौँ


नेपालको संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा परेको छ ।वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।

त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ ।

यद्यपि, शनिबार बिहान १०:३० बजे काठमाडौंमा पिएम-२‍.५ को मात्रा प्रतिघन्टा १६५ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *