कोभिडका लक्षणसँग मिल्ने डेंगी बारे बुझ्नुपर्ने कुरा
वर्षायाम सकिए पनि डेंगीको जोखिम कायमै छ । डेंगीका लक्षण कोभिड-१९ सँग पनि मिल्दोजुल्दो हुन्छन् ।
डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्छ । थोरै मात्र पानी जम्मा भएको स्थान वा भाँडामा पनि यो लामखुट्टेले फूल पार्छ र यसको वृद्धि विकास हुन्छ ।एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्छ । त्यसमा पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुनुपर्छ ।
लक्षणहरू
१। एक्कासि ज्वरो आउने
२। थकान महसुस हुने
३। आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुचि नलाग्ने
४। टाउको, मांसपेशी तथा जोर्नी दुख्ने,
५। वाकवाकी लाग्ने वा बान्ता हुनेयस्ता लक्षण देखिए तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा जान र अनुमानका आधारमा जथाभावी औषधि सेवन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
डेंगीबाट बच्ने उपायहरू
१। लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने
२। शरीरका खुला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने
३। घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्यालढोकामा जाली लगाउने
४। बिहान, बेलुका वा राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
५। घर वरपर प्लास्टिक, सिसा, खपटा, सीडी, चिया खाएर फालिएका
कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने आदि