केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको दाबी गरेका छन् ।
समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेसम्मका सरकारहरुमध्ये एमाले अध्यक्ष ओली सरकारको पालामा सबैभन्दा धरै भ्रष्टाचार भएको आरोप लगाए । उनले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको टिप्पणी गरे ।अध्यक्ष नेपालले हचुवाको भरमा जथाभावि विमानस्थल र हेलिप्याड निर्माण गरेर बजेट खर्च भएको बताउँदै आफू उक्त कुराको विरोधी भएको र पर्यटनमन्त्रीलाई यस्ता कुरामा ध्यान दिन आफूले निर्देश गरेको बताए ।
कार्यक्रममा श्रममन्त्री किसान श्रेष्ठले सरकारले सकेसम्म नेपालीलाई स्वदेशमै रोजगारी दिने गरेर सरकार लागिपरेको बताउँदै बैदेशिक रोजगारमा जानु्पर्दा लेवरमा मात्रै नभएर दक्ष जनशक्ति पठाउनेबारे छलफल भइरहेको जानकारी दिए।