जग्गा हडप्न निर्मलालाई बेपत्ता बनाएको छानबिन समितिको निष्कर्ष


बाँके नवाजीकी नन्कुन्नी धोबीको हत्या र परस्पुरकी निर्मला कुर्मी १२ वर्षदेखि बेपत्ता भएको घटनाबारे अध्ययन गर्न सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो ।

छानबिन प्रतिवेदन बुझ्दै कार्यवाहक प्रधानमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने बताए ।

छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौँ । स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेर बुझाएको धन्यवाद, खाणले भने ।समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर-२ नेवाजीकी नकुन्नी धोबीको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ ।

जाहेरीपछि अनुसन्धान भएर दुवै अभियुक्तउपर बाँके जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोग पत्रमा पेस गरी गत भदौ १९ गतेको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *