अग्नि सापकोटा संसदीय प्रणालीका कलंक हुन्- केपी ओली
नेकपा-एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिएका छन् ।
सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसद्मा पाइला टेक्न नदिने गरी आउँदो निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोकका नेता–कार्यकर्तालाई उनले निर्देशन दिए ।नेकपा ९एमाले० सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले सभामुखको गरिमा मात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भीर आरोप समेत उनले लगाए । एमालेविरुद्धको षड्यन्त्रमा सामेल भएर सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएको अध्यक्ष ओलीको भनाइ थियो ।
उनले आफू प्रधानमन्त्री हुँदा प्रचण्डको निर्देशनमा सभामुख सापकोटाले संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । ‘‘अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसद्मा पाइला टेक्न पाउनुहुन्छ उनले प्रश्न गरेका थिए।