सुजिता बनिन् मिस युनिभर्स नेपाल-२०२१


मिस युनिभर्स नेपाल-२०२१’को उपाधि सुजिता बस्नेतले हात पारेकी छिन्।शनिबार भएको ग्रान्ड फिनालेमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै सुजिता बस्नेतले दोस्रो संस्करणको उपाधि जितेकी हुन्।

सुजितालाई गत वर्षकी मिस युनिभर्स नेपाल अंशिका शर्माले ताज पहिर्‍याएकी हुन्। उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सुजिताले १० लाख रुपैयाँ नगद र हीरा जडित ताज पाएकी छिन्।

त्यसैगरी, फर्स्ट रनरअप निनाकान्त मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतीक्षा महरा क्षेत्री र फोर्थ रनरअप केशु खड्का भएका छन्।

मिस युनिभर्स विजेताले आउँदो १२ डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’मा प्रतिनिधित्व गर्नेछिन्। गत वर्षको ‘मिस युनिभर्स नेपाल’को उपाधि अंशिका शर्माले हात पारेकी थिइन्।

प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *