पेट्रोलियम पदार्थको मुल्य वृद्धि, ग्यास सिलिण्डरको मुल्य पुग्यो १५ सय


नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आजदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजल, मट्टितेलको लिटरमै तीन रुपैयाँ मूल्य बढाएको छ। यो मूल्यवद्धि पछि पेट्रोलको मूल्य लिटरको १ सय ३३ रुपैयाँ र डिजलको मूल्य १ सय १६ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँले बढाएको छ।

अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य लिटरको ९६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर ८ सय ५३ डलर कायम भएको छ। निगमले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य बढाएर १५ सय रुपैयाँ पुर्‍याएको छ। यो मूल्य बढाउँदा पनि निगमको मासिक नोक्सानी १ अर्ब ८७ करोड रुपैयाँ हुने अनुमान देखिएको छ।

निगमका अनुसार मूल्य बढाएपछि पनि पेट्रोलमा १२ रुपैयाँ ५५ पैसा र डिजलमा ११ रुपैयाँ ६७ पैसा नोक्सानी छ भने खाना पकाउने ग्यासमा एक सिलिण्डरमा ४ सय ६१ रुपैयाँ २२ पैसा नोक्सानी छ। यो मूल्य बढाउँदा पनि भारत भन्दा पेट्रोल लिटरमा ४५ रुपैयाँ ८२ पैसा र डिजल ४९ रुपैयाँ ७३ पैसा नेपालमा सस्तो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *