फेरि सर्‍यो कांग्रेस महाधिवेशन, निर्वाचन समितिले प्रस्ताव गर्‍यो नयाँ मिति


नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

कांग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि थालेर मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।समितिले कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

हामीलाई पार्टीले पूर्ण अधिकार दिएको छ । यही कार्यतालिकाअनुसार अगाडि बढ्छौँ, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *