सुदूरपश्चिममा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ अझै बेपत्ता


बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको  अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो ।

बाढी–पहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा १०, बैतडीमा चार, डडेलधुरामा तीन, अछाम र  कैलालीमा एक/एकजनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक/एक छन् । यस्तै, विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरामा  एक/एकजना घाइते भएका हुन् ।विपद्मा परी बाजुरा, डोटी, डडेलधुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशुचौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *