एमालेको वडा अधिवेशन कात्तिक ६ गते हुने


नेकपा एमालेले देशभर एकै दिन वडा अधिवेशन गर्ने भएको छ । एमालेले यही कात्तिक ६ गते ६ हजार ७४५ वडामा अधिवेशन गर्न लागेको हो । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।

वडा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र वडा सद सदस्यहरु चयन हुनेछन् ।

त्यस्तै कात्तिक ९ गते पालिका अधिवेशन हुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । उनका अनुसार ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन हुनेछ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदैछ ।
ल्भउब िक्ष्लखभकतmभलत दबलप

Leave a Reply

Your email address will not be published. Required fields are marked *