दशैं पछिको पहिलो कारोबार दिन सुनचाँदीको भाउ बढ्यो
दशैं पछिको पहिलो कारोबार दिन, कात्तिक १ गते सोमबार सुनचाँदीको मूल्य बढेको छ।यस दिन छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो।
दशैंको अन्तिम कारोबार दिन अर्थात असोज २५ गते, सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन बढेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ६५० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
दशैं अघि ११८० रुपैयाँमा कारोबार भइको चाँदीको यस दिन प्रतितोला ४५ रुपैयाँ बढेर १२२५ रुपैयाँमा अन्तिम कारोबार भइरहेको छ।