विवाह बन्धनमा बाँधिए निर्देशक सुदर्शन थापा


निर्देशक सुदर्शन थापा विवाह बन्धनमा बाँधिएका छन्। थापाले समाचार प्रस्तोता सुप्रिया कटुवालसँग प्रेम विवाह गरेका हुन्। शुक्रवार काठमाडौंको एक होटलमा उनीहरुको वैवाहिक समारोह चलिरहेको छ।

भदौ २१ गते सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग इन्गेजमेन्ट गरेका थिए। म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिया एपीवान टेलिभिजनकी समाचारवाचिका हुन्। सुप्रियाले फिल्म ‘साढे ७ मा’मा समेत अभिनय गरिसकेकी छिन्।

निर्देशक थापाले ‘चंखे शंखे पंखे’, ‘मधुमास’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘राम कहानी’ जस्ता फिल्महरु निर्देशन गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *