क्रियाशील सदस्यको विवादले बालुवाटारमा देउवा र पौडेलबीच चर्काचर्की


कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बुधबार बालुवाटारमा देउवा र पौडेलबीच चर्काचर्की भएको हो ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले रौतहट र सर्लाहीको क्रियाशील सदस्यता विवादमा टुङ्गोमा पुर्‍याउनुपर्ने भन्दै देउवालाई आग्रह गरेका थिए ।
उनीहरूले दसैँको पनि कार्यकर्ताले अनशन गरिरहेको भन्दै विवाद छिटो समाधान गर्नुपर्ने बताएका थिए ।ूसर्लाही र रौतहट दुवै ठाँउमा कार्यकर्ता अनशनमा छन् । चिसो छिडीमा बसेर उनीहरू बिरामी पर्न सक्छन् ।
विवाद सकेर अनशन टुङ्गो लगाएर उनीहरूलाई दसैँ मान्न दिनुपर्छ, पोडेल पक्षको भनाइलाई उद्धृत गर्दै एक नेताले भने, जवाफमा सभापतिज्यूले चिसो छिडीमा बसेर बिरामी परे अब अस्पताल लैजानुस् भन्नुभयो । त्यसपछि पौडेल, सिंह र कोइरालाले प्रतिवाद गर्नुभयो । उहाँहरूले सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो ? भन्दै प्रश्न गर्नुभयो ।

सिंहले राजनीतिक मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ भन्दै देउवालाई प्रश्न गरेको ती नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *