एमालेमा दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था
नेकपा (एमाले)मा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उमेदवार बन्न नपाइने व्यवस्था गरिएको छ ।
पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको आइतबार जवाफ दिँदै उपमहासचिव वषणु पौडेलले कुनै नेताले जिते पनि हारे पति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए ।यस्तै, उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउनेछन् ।
तर, कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताए ।