बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को फर्स्ट लुक सार्वजनिक


कर्णाली प्रदेशको हिमाली जिल्लामा प्रचलित बहुपति प्रथाको कथा उठान गरिएको फिल्म ‘टुल्की’को टिजर र फस्ट लुक सार्वजनिक भएको छ । द पाल्म ग्रुपले निर्माण गरेको फिल्म डोल्पाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका स्थानमा छायांकन गरिएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच फिल्मको टिजर र फस्टलुक सार्वजनिक गरियो । कार्यक्रममा निर्माता शेखर लामाले डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका जिल्लामा कुप्रथाको रूपमा कायमै रहेको बहुपति प्रथालाई फिल्ममा देखाइएको बताए ।‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित फिल्म बनेको छैन, त्यो पहिलो प्रयास हामीले ‘टुल्की’मा गरेका छौं । यो फिल्मका लागि मैले चार वर्ष अनुसन्धान गरें’, उनले भने ।

उनका अनुसार बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ ।

फिल्ममा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । फिल्मलाई विभिन्न फेस्टिभलमा प्रदर्शन गरेर मात्र नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *