सहकारीको रकम अपचलनमा मेरो संलग्नता छैन : गृहमन्त्री लामिछाने


गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही उल्लेख नभएको बताएका छन् ।उनले संसदीय समितिमा उपस्थित भएर यस्तो जानकारी गराएका हुन् ।

“उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,” उनले भने ।
उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै अहिले प्रभावित हुने काम नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *