वक्सअफिसमा आक्रमक ‘बोक्सीको घर’, दोस्रो दिनबाटै नाफामा


केकी अधिकारी निर्मित तथा अभिनित ‘बोक्सीको घर’ले रिलिजको दुई दिनमा नै आक्रमक व्यापार गरेर आफ्नो लगानी उठाइ नाफामा जान सफल भएको छ।

सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठले सिनेमाले दुई दिनमा २ करोड १५ लाख रुपैयाँ कमाएको जानकारी दिएका छन्।
उनले २५० शो पाएको सिनेमाले शनिबार १५० शोमा हाउसफुल व्यापार गरेको छ भने बाँकी शोहरु मा ८० प्रतिशत बढी दर्शकको चाप भएको बताए।वितरक श्रेष्ठले यसलाई बम्पर ओपनिङ भएको बताए। उनले ‘बोक्सीको घर’को यो व्यापारलाई आश्चर्यजनक भनेका छन्।

ट्रेलर र टिजर रिलिज हुँदा सकारात्मक प्रतिक्रिया बटुलेको यो सिनेमाले  प्रकाश सपुतको संगीतमा तयार भएको ‘बुझिन मैंले’ बोलको प्रचार गीत रिलिज गरेपछि आफ्नो हाइपलाई उपल्लो स्तरमा लगेको थियो।३ साताअघि रिलिज भएको यो गीत यूट्यूबमा १ करोड भ्यूजको निकट पुगेको छ। यो समाचार तयार पार्दासम्म गीतले ९९ लाख ४० हजार भ्यूज पाइसकेको छ। सामाजिक संजालमा यो गीतमाथि लाखौंबढिको टिकटक भिडियो तथा फेसबुक रिल्सहरु बनाइएको छ।

वक्सअफिसमा आक्रमक देखिएको यो सिनेमाले राम्रो मुनाफा कमाउने स्पष्ट भएको छ। झण्डै एक करोड र केही बढिको लागतमा सिनेमाघरमा आइपुगेको सिनेमाले डिजिटल, ओभरसिज  वितरण तथा प्रायोजनबाट आफ्नो लगानी उठाइसकेको छ।

त्यसैले नेपाली वक्सअफिसबाट आउने सबै हिस्सा सिनेमाको नाफा हो। यस हिसाबले केकीको यो सिनेमाले रिलिजको पहिलो दुई दिनमा नै केकीले १ करोड बढी नाफा पाउने निश्चित भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *