इलाममा एमालेका सुुहाङ नेम्बाङको अग्रता कायमै


इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रतालाई कायमै राखेका छन् । उनले ८ हजार ८८ मतका साथ अग्रता कायमै राखेका हुन् । कांग्रेसका उम्मेदवार डम्बर खड्का सुहाङभन्दा २२ सय ५७ मतले पछाडि परेका छन् । कांग्रेसका खड्काले ५ हजार ८३१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ४३० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ९८ मत पाएका छन् ।इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतपरिणाम भर्खरै सार्वजनिक भएको हो । इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *