चलचित्र ‘रावायण’को प्रदर्शन मिति घोषणा


सुदर्शन थापाको चलचित्र ‘रावायण’को प्रदर्शन मिति घोषणा गरेको छ । होलीको अवसर पारेर रिलिज डेट लिएको चलचित्र २०८१ भदौ २१ गते तिजको दिन रिलिज हुनेछ ।

चलचित्रको मुख्य कलाकारमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाहलगायतको अभिनय रहनेछ ।

निर्देशक थापाले चलचित्र चैत तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ ।

चलचित्रमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *