ओलीमा स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएको वामदेवको आरोप र राजीनामा
नेता बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका छन् । शुक्रबार नेता गौतमले दिएको राजीनामा पत्रमा ओलीको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएपछि राजीनामा दिएको उल्लेख छ ।
तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो । आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अगाल्नुभयो ।
त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो, गौतमले राजीनामा पत्रमा भनेका छन् ।