माधव नेपालको आरोप,पार्टी खोलौँ भन्ने नेताहरुले नै धोका दिए


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी खोलौँ भन्ने नेताहरुले नै धोका दिएको बताएका छन् ।उनले दोस्रो पुस्ताका नेताहरुतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । पछिल्लो समयमा आफूसँगै रहेका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएपछि नेता नेपालले यस्तो बताएका हुन् ।

शनिबार ललितपुरमा भएको एक कार्यक्रममा उनले आजै पार्टी खोलौँ र भोलि नै पार्टी खोलौँ भन्नेहरु दोस्रा पुस्ताका नेताहरु नै भएको खुलाए । उनले अहिले उनै नेताहरु एमालेमै रहेको बताए । नेपालले एमालेमा रहेका दोस्रो पुस्ताका नेताहरुले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको खुलाएका छन् ।उनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम भएको पार्टी दर्ता गराएको बताएका हुन् ।

अर्को नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्तामा रहेको बताए । त्यो पनि दोस्रो तहका नेताहरुकै अगुवाइमा दर्ता भएको खुलासा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *