काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने उच्च सम्भावना


अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने सम्भावना उच्च रहेको बताएका छन् । यस बारेमा सैनिक कमाण्डरहरूले आफूलाई बताएको उनले बताए । उद्धार कार्य सुरु भएयता अबको केही दिन निकै जोखिमपूर्ण रहेको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बताएका छन् । अगस्ट ३१ मा उद्धारकार्यको समयसीमा सकिँदै छ ।

बिहीबार भएको आत्मघाती आक्रमणका बाबजुद अमेरिकाले उद्धार कार्य जारी राखेको छ । युके, इटलीलगायत अन्य देशले भने काबुल छोडिसकेका छन् । बिहीबार भएको आत्मघाती आक्रमणमा झण्डै १७० जनाले ज्यान गुमाएका थिए । आईएस-के ले आक्रमणको जिम्मेवारी लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *