छापामार युद्धमा होमिएकी किशोरीको कथामा आधारित फिल्म बंगलादेशमा छनोट


नेपाली फिल्म ‘पुतलीको सपना’ बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गतको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा छनोट भएको छ।

यसै वर्ष सुरु भएको ल्याबमा ११ फिल्मको स्क्रिप्ट छाँनिदा नेपालबाट किरण पोखरेलको स्क्रिप्ट ‘पुतलीको सपना’ छानिएको । छानिएका फिल्महरुलाई ल्याबले मेन्टरसिप प्रदान गर्ने पोखरेलले जनाए।

मेन्टरसिप पाएका ११ फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई सो फेस्टिभलले क्रमशः ५ हजार, ३ हजार र २ हजार अमेरिकी डलर पुरस्कार स्वरुप स्क्रिप्ट डेभलेपमेन्टका लागि प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *