१४ औँ महाधिवेशनका लागि विमलेन्द्र निधिको औपचारिक अभ्यास सुरु
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि विमलेन्द्र निधिले औपचारिक अभ्यास सुरु गरेका छन् । निधिले शुक्रबार मध्यान्हमा पत्रकार सम्मेलन गरेर सचिवालयसहित सम्पर्क कार्यालय सुरु गर्न लागेका छन् ।
निधिका अनुसार १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाले एकपटकका लागि सभापति बन्ने भनेर उम्मेदवारीमा सहयोग गरेको बताएका थिए ।
तर, देउवाले पुनः सभापति बन्ने घोषणा गरेपछि देउवा गुटबाट अलग्गिएर निधिले आफ्नो तयारी अघि बढाएका हुन् । निधिले देउवाको निवासमै पुगेर आफूलाई सहयोग गर्न पनि आग्रह गरेका थिए । उनले देउवाले सहयोग नगरेपनि आफू एक्लै अघि बढ्ने बताएका थिए ।