एमालेको विभाजनले पायो कानुनी मान्यता,नेकपा (एकीकृत समाजवादी) भयो दर्ता


नेकपा (एमाले) को विभाजनले कानुनी मान्यता पाएको छ । माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएसँगै एमाले विभाजने मान्यता पाएको हो ।

आयोगका अनुसार दल दर्ताका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् । एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले बुधबार निर्वाचन आयोगमा नै पुगेर सनाखत गरेका हुन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने दिल्ली दूतावासमार्फत् सनाखत पठाएका हुन् । आयोगले मंगलबार सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने भएकाले खनालको सनाखत नहुने निर्णय गरेको थियो । तर, आज भने दूतावासबाट नै आएपछि उनको सनाखतलाई पनि मान्यता दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । खनालको सनाखत भएसँगै ५५ केन्द्रीय सदस्य र ३० सांसद्को हस्ताक्षर भएको छ ।

आयोगले सनाखतका लागि आएका सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र मायादेवी भट्टको सनाखत गर्न भने अस्वीकार गरेको श्रेष्ठले जानकारी दिए । दल दर्ताको निवेदनभन्दा पछि निवेदन आएकाले उनीहरूको सनाखत हुन नसकेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *