तीनवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना,सर्तक हुन् आग्रह
पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको देखिन्छ । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसैबीच आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
प्रदेश १, प्रदेश २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।