कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने माओवादी केन्द्रको निर्णय


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले नेपालका कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“कम्युनिस्ट आन्दोलनलाई आजको युगको आवश्यकता अनुसार समाजवाद निर्माण गर्ने खालको शक्ति निर्माणलाई केन्द्रविन्दुमा राख्ने र त्यसका लागि क्रान्तिकारी धाराका सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउन वार्ता तथा पहल गर्ने निर्णय गरेका छाैँ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *