मानुषी लघुवित्तको आईपीओ बाँडफाँट,यसरी हेर्न सकिन्छ नतिजा


मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सम्पन्न भएको हो ।मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथाबाट बाँडफाँड भएको हो । अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।

त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना योग्य आवेदकलाई समावेश गराइएको थियो । गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका छन् । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन् । बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएको छ ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np/ नामक वेभसाइटबाट, मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *