जनवादी गायक जेबी टुहुरेलाई मस्तिष्कघात,स्वास्थ्य अवस्था गम्भीर


जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को अस्पतालमा उपचार भइरहेको छ। मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको संगीतकार राजेश थापाले जानकारी दिए।७६ वर्षिय टुहुरेको अहिले आइसियुमा उपचार भइरहेको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

मस्तिष्कघाटपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको छ। उनको मस्तिष्कको दाँया भागमा रगत जमेको थापाले बताए।चिकित्सकका अनुसार टुहुरेको मस्तिष्क सुन्निदै गइरहेको छ। बढि उमेर भएको कारणले उनको अप्रेशन गर्न सम्भव नभएको डाक्टरले बताएको थापाले जानकारी दिए। उपचाररत टुहुरेको मस्तिष्कको अवस्थामा हालसम्म सुधार नआएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *