विधि पालना गरेर पूजा गरे मात्र हुन्छ मनोकामना पूरा


हिन्दू धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहने गरेको छ । अधिकाशं हिन्दुहरुको घरमा देवीदेवताको पुजाका लागी कोठा वा क्षेत्र छुट्याइएको हुन्छ ।

मान्यता अनुसार नियमित पुजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ । तर नियमित पूजापाठ गर्दा पनि मन अशान्त रहन्छ र उचित फल पाइरहनु भएको छैन भने पूजाको क्रममा केही गल्ती भएको हुन सक्ने धार्मीक मान्यता रहेको छ । त्यसैले पूजाका क्रममा केही सामान्य नियम पालनातर्फ ध्यान दिन शास्त्रले सुझाएको छ ।१। घरको पुजाकोठा वा स्थान हमेशा ईशान कोण अर्थात उत्तर पूर्व दिशामा हुनु पर्दछ ।
यो दिशा भगवानको मन्दिरकालागी सबैभन्दा शुभ मानिन्छ । तर भुलवशं घरको पूजा स्थल पश्चिम वा दक्षिण पश्चिम दिशामा भए यसले लाभ नदिने धार्मीक मान्यता छ ।

२। घरमा पूजा गर्दा पूजाकर्ताले भगवान भएतर्फ ढाड फर्काएर बस्नु हुदैन । यसले नकारात्मक फल दिने धार्मीक मान्यता रहेको छ ।

३। कतिपय मानिसहरु भूईमा नै बसेर पूजा गर्दछन् । तर पूजा गर्दा आसनको प्रयोग गर्नु पर्दछ । मान्यता अनुसार बिना आसन पूजापाठ गरेमा दरिद्रता आउने गर्दछ । साथै आसन सफा हुनु पर्दछ । यदि आसन नभएमा कम्बलको प्रयोग गर्नु पर्दछ ।

४। यदि घरमा पूजाकोठा वा पुजा स्थान वा मन्दिर नभएमा पनि नियमित साँझ बिहान एउटा दियो बाल्नु राम्रो मानिन्छ ।

५। हिन्दु धर्ममा भगवान विष्णु, गणेश, शिव, सूर्य र दुर्गालाई पञ्चदेव भनिन्छ । तसर्थ नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मीक मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *