सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको उद्घाटन


नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ।

नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरे। उनले सङ्ग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने बताए।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाका ऐतिहासिक वस्तु सङ्कलन गरेर सङ्ग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

न्यायिक सङ्ग्रहालय स्थापनामा संयोजकको रुपमा काम गरेकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय सङ्ग्रहित गरेर राख्नुपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *