देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सर्तक रहन् आग्रह
आइतबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ।
हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आइतबार बिहानैदेखि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली भइरहेको छ।
यस्तै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी,, कर्णाली र लुम्बिनी प्रदेशमा केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।महाशाखाका अनुसार आइतबार राति पनि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।