एघार वर्षपछि हाइटीमा फेरि ठूलो भूकम्प,सुनामीको खतरा


हाइटीको पश्चिमी क्षेत्रमा शनिवार ठूलो भूकम्प गएको छ। सो भूकम्पको झट्का पूरै क्यारेबियन क्षेत्रमा महसुस गरिएको रोयटर्सले उल्लेख गरेको छ।सो क्षेत्रका मानिसहरु ज्यान जोगाउन घर छोडेर सुरक्षित स्थानमा गएका छन्। भूकम्प गएसँगै सुनामीको पनि चेतावनी दिइएको छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार ७ दशमलव २ म्याग्निच्युड मापन गरिएको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको छ। सो भूकम्प राजधानीबाट करिब १५० किलोमिटर पश्चिममा गएको हो।यसअघि हाइटीमा ११ वर्षअघि ७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसका कारण हजारौँ मानिसहरुको मृत्यु भएको थियो भने कयौँ घरबारविहीन बनेका थिए।

हालको भूकम्पबाट कति धनजनको क्षति भयो भन्नेबारे हाइटीको आधिकारिक निकायबाट रिपोर्ट आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *