‘क्यूआर कोड’सहितको प्रमाणपत्र अब स्वास्थ्य मन्त्रालयको वेबसाइटबाट आफैँ लिन सकिने


खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणीकरण पत्र अब आवश्यक पर्ने व्यक्ति स्वयंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटबाट लिन सक्ने भएका छन्। गृह मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो व्यवस्थाबारे जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय देशहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्र मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी खोप प्रमाणीकरण आवश्यक पर्ने व्यक्ति स्वयंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/ अनलाइन प्रणालीमार्फत खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात (खोप कार्ड, राहदानी नम्बर अनलाइन फारममा रहेको कबुलियतनामाको नमूना) अपलोड गरी क्यूआर कोडसहितको प्रमाणीकरण प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।’

अनलाइन प्रणालीमार्फत अपलोड गरिएका उल्लेखित कागजातहरु स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतः ‘भेरिफाई’ हुने मन्त्रालयले जनाएको छ। साथै, यो प्रक्रिया निरन्तर रुपमा चलिरहने भएकोले ‘क्यूआर कोड’सहितको प्रमाणपत्र क्रमशः सबैले पाउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *