नेप्सेमा नबिल बैंकको ३६ लाख कित्ता बढी शेयर सुचिकृत


शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा नबिल बैंकको ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो ।

बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरेपछि फाइनान्सतर्फबाट आएको यी शेयर आज सुचिकृत भएको हो । नबिल बैंकले युनाइटेड फाइनान्सलाई १:०.३५ को स्वापमा प्राप्ति गरेको हो । यस अनुसार युनाईटेड फाइनान्सको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् । थप शेयर सुचिकृत भएसंगै नेप्सेमा नबिल बैंकको सुचिकृत शेयर संख्या १३ करोड ८४ लाख ४४ हजर ५ सय १२ कित्ता पुगेको छ ।

शेयर सुचिकृत भएसंगै साविकको युनाईटेड फाइनान्सका शेयरधनीको खातामा यी शेयर आएपछि कगनिकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *