नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबारका लागि तय
नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबारका लागि तय भएको छ । आइतबारका लागि तय भएको बैठक स्थगित गरेर सोमबारका लाग तय गरिएको हो । पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ ।