महान दार्शनिक सुकरातको त्यो प्रेरक प्रसंग


सुकरात आफ्ना क्रान्तिकारी विचार र अन्धविश्वास विरोधी उपदेशका कारण त्यस बेलाको समाजका ठूलाठालु भनाउँदाहरुको आँखामा कसिङ्गर बनेका थिए ।

त्यसैले उनलाई मृत्युदण्डको सजाय घोषणा भएको थियो । विषपान गराएर सजाय दिने क्रममा विषपान गर्नुभन्दा अगाडि उनले कत्ति पनि विचलित नभई मुस्कुराउँदै शान्त र सरल शब्दमा भने ‘अब बिदाइको समय आइसकेको छ’ ।
हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ । तपाईंहरु जीवनको बाटोमा हुनुहुन्छ र म मृत्युको बाटोमा छु । तर कुन बाटो ठीक र कुन बेठीक छ भन्ने कुरा ईश्वरले मात्र जान्दछन् ।

यति भन्दै महान् दार्शनिक सुकरातले निसङ्कोच विषको प्याला रित्याइदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *