सहारा विकास बैंकको साधारणसभा आह्वान,गरिमामा गाभिने प्रस्ताव पेश हुने


सहारा विकास बैंक लिमिटेडले संयुक्त सभा आह्वान गरेको छ । बैंकले एकैपटक आठौँ, नवौं र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
बैंकको साउन २२ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौं १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०स्३० बजे सुरु हुनेछ ।

सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबात सहारा विकास बैंक लिमिटेडको छल, अचल सम्पत्ति र दायित्व मुल्यांकन प्रतिवेदन तथा सो समेतको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारण गरिएको सेयर अनुपात (स्वाप रेसियो) एक बराबर एक १:१ अनुमोदन गर्नेछ ।

यसका साथै, सभाले तिन वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

सभाले संचालक समितिको प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना संचालकहरुको निर्वाचन पनि गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *