एनआईसी एशिया क्यापिटलको साधारणसभा आह्वान


एनआईसी एशिया क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलको शुक्रबार सम्पन्न संचालक समितिको ९४ औं बैंठकले आगामी भाद्र १३ गते आइतबार साधारणसभा आह्व्ना गर्ने निर्णय गरेको हो ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४८ प्रतिशत ९कर सहित० का दरले हुन आउने रु। ९,६०,००,००० (नौ करोड साठी लाख मात्र) नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, म्युचुअल फण्ड, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *