साहस उर्जाले साउन २९ देखि आईपिओ निष्काशन गर्ने


साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्लाका स्थानीयको लागि ३५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा छिटोमा भदौ ११ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ २७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटलले बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १ अर्ब ५ करोड बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

साहस उर्जाले सोलुखुम्बुको सोलु खोलामा ८६ मेगावाटको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो निजि क्षेत्रले निर्माण गरिरहेको नेपाल कै ठुलो क्षमताको जलविद्युत योजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *