पौडेल पक्षको चाक्सिबारी भेला,सभापतिले महाधिवेशन टार्न खोजेको आशंका
नेपाली कांग्रेसको आसन्न महाधिवेशन सभापतिबाटै प्रभावित हुन लागेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छलफलमा जुटिरहेको छ ।
गएको मंगलबार चाक्सिबारीमा बसेको पौडेल पक्षको बैठक आज पुनः चाक्सिबारीमै बसेको हो । महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन समितिले समाधान गर्न नसकेका विषय समाधानका लागि सभापति शेरबहादुर देउवा लचिलो नदेखिएको भन्दै त्यसैलाई देखाएर महाधिवेशन सार्ने तयारी भएको उसको निष्कर्ष छ ।
क्रियाशील सदस्यता विवाद यथावत् रहे पुराना क्रियाशीलबाट भए पनि महाधिवशेन गराउने, चाँडो छानबिन सकेर ‘फास्ट ट्रयाक’मा वडा, निर्वाचन क्षेत्र र संघको महाधिवेशन गराएर बाँकी तहका अधिवेशन गर्नेसहितका विकल्पमा छलफल भइरहेको पौडेल पक्षका एक नेताले जानकारी दिए ।