अफगानिस्तानका रक्षामन्त्रीको घरमा बन्धुकधारीहरुको आक्रमण
अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको घरमा बन्धुकधारीहरुले आक्रमण गरेका छन्। मंगलवार राति भएको कार बम तथा गोली आक्रमणमा परी ४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
घटनाको समयमा रक्षामन्त्री खान घरमा नरहेको बताइएको छ। यसैगरी उनको परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको बताइएको छ। उक्त घटनामा परी मृत्यु हुनेहरु आक्रमणकारी हुन्।
आक्रमणमा परी ११ जना घाइते भएको एएफपीले जनाएको छ। अफगानिस्तानका विभिन्न सहरमा यस्ता खाले आक्रमण भएको उल्लेख समाचारमा गरिएको छ।